पाकिस्तानका विदेशमन्त्री इरान र साउदी अरेबिया भ्रमणमा
इस्लामावाद, पुस २८
अमेरिकी ड्रोन हमलामा इरानी सेनापति कासिम सुलेमानी मारिएपछि बढ्दो तनाव कम गर्न पाकिस्तानका विदेशमन्त्री आइतबार तेहरानको भ्रमणमा गएका छन् । पाकिस्तानले साउदी अरेबिया र इरानसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने दशकौंसम्मको प्रयास जारी राखेको छ । इराकमा ६२ वर्षीय जनरलको हवाई आक्रमणमा मृत्युपछि इरानले क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान खसालेको थियो ।
जहाजमा सवार १७६ व्यक्तिको मृत्यु भएपछि इरानले गल्ती स्वीकारेको छ । ‘हालै विकास भएका घटनाक्रमले शान्ति र सुरक्षाको अवस्था खतरामा पर्छ र शान्तिपूर्ण समाधानका लागि तत्काल र सामूहिक प्रयासको आवश्यकतालाई जोड दिन्छ’, पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । शाह मेहमूद कुरेशीले इरानलाई राजनीतिक र कूटनीतिक माध्यमबाट मतभेद र विवाद सुल्झाउनका लागि सबै प्रयासलाई समर्थन गर्ने पाकिस्तानको तयारीबारे इरानलाई बताउने उल्लेख गरिएको छ ।
इरानी समकक्षी मोहम्मद जाभेद जारिफलाई भेटेपछि कुरेशीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानसँग वार्ता गर्न जनवरी १३ मा साउदी अरेबिया भ्रमण गर्न लागेका छन् । पाकिस्तानी विदेशमन्त्रीले तेहरान र रियादको भ्रमणपछि अमेरिका जाने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । गत वर्ष पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबिया र इरान बिचका प्रतिद्वन्द्वीहरु बीचको सम्बन्ध शान्त पार्ने प्रयास गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया