प्रिमियर लिग क्लबले सामाजिक सञ्जाल बहिष्कार गर्ने
लन्डन ।
प्रिमियर लिग, इंग्लिस फुटबल लिग र वुमन्स सुपर लिग क्लबहरुले चार दिनसम्म सामाजिक सञ्जाल बहिष्कार गर्ने भएका छन् । अत्याचार र विभेदका विरुद्ध प्रिमियर लिगक क्लबहरुले यस्तो निर्णय लिएको बीबीसीले जनाएको छ ।
बहिष्कार अप्रिल ३० देखि सुरु हुनेछ । क्लबहरुको अभियानलाई नियामक संस्थ द फुटबल एसोसिएसनले पनि साथ दिने जनाइएको छ । यो अभियानलाई किक इट आउट नाम दिइएको छ । ‘यो बहिष्कारले हाम्रो सामूहिक आक्रोशलाई महत्व दिन्छ’, किक इट आउटका प्रमुख सञ्जय भण्डारीले भने, ‘खराब गालीका लागि सामाजिक सञ्जाल नियमित माध्यमजस्तै बनेको छ ।’
आफैँलाई त्यस्ता प्लेटफर्मबाट हटाउँदै आफूहरु शक्तिमा रहेका त्यस्ता सामाजिक सञ्जाललाई सांकेतिक भावभंगीमा प्रस्तुत हुने उनले बताए । ‘यसविरुद्ध लाग्न हामीलाई तपाईंको साथ चाहिन्छ, परिवर्तनका लागि तपाईंको सहयोग चाहिन्छ’, उनले भने ।
बेलायत सरकारले यसअघि नै यसविरुद्ध नियन्त्रणकारी भूमिका नदेखाए सामाजिक सञ्जाल कम्पनीविरुद्ध अर्बौँ पाउन्डबराबरको जरिवाना तिराउने बताइसकेको छ । फेसबुकले गत फेब्रुअरीमा विकृति रोक्न कडा कदम चाल्ने बताएको थियो । गत हप्तामात्रै फेसबुककै स्वामित्वको इन्स्टाग्रामले पनि यसलाई रोक्न एउटा नयाँ टुल्स फिचर थप्ने जनाएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया