अस्पतालमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ८२ पुग्यो
बग्दाद ।
इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा अक्सिजन ट्यांकी पड्किँदा आगलागी भएको दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ८२ पुगेको इराकी सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि प्राप्त समाचारमा शनिबार राति खतिब अस्पतालमा सुरू भएको आगलागीमा परेर एक सय जनाभन्दा बढी व्यक्ति घाइते भएको बताइएको थियो ।
इराकीहरूले सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका दृश्यहरू देखिएका छन् ।
इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमिले घटनाप्रति दुःख व्यक्त गर्दै यस ‘दुःखद दुर्घटना’को कारण खोल्न तत्काल अनुसन्धान गर्ने बताउनुभएको छ । आगलागीपछि उद्धार अधिकारीहरूले एक सय २० जना बिरामीमध्ये ९० जनाको उद्धार गरिएको बताएका थिए ।
इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाइबाट आगलागी सुरू भएको थियो ।
अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड–१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा थिए । घाइते र बिरामीहरूलाई एम्बुलेन्सबाट नजिकका अरू अस्पतालमा पु-याइएको छ । इराकको नागरिक सुरक्षा विभागका अनुसार आइतवार सबेरै सम्ममा आगो नियन्त्रणमा आएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया