लेबनानले बनायो देशकै पहिलो विद्युतीय कार
लेबनान ।
शनिबार लेबनानले देशमै निर्मित पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ । बारम्बारको विद्युत कटौतीले आर्थिक संकटकै बीच संघर्षरत मेडिटेरानियन देशले पहिलोपटक अटोमोबाइल उत्पादन गरेको हो । एएफपीका अनुसार रातो रंगको बटरफ्लाई डोरयुक्त उक्त कारको नाम ‘कुद्स राइज’ राखिएको छ। यो जेरुसालेमको अरेबिक नाम हो । कार उत्पादन परियोजना भने लेबनानमा जन्मिएका प्यालेस्टिनी व्यवसायी जिहाद मोहम्मदको हो ।
मोहम्मदले देशमै निर्माण भएको पहिलो अटोमोबाइल भएको बताए । दक्षिण बेरुतको पार्किङ लटमा कार अनावरण गरिएको थियो । यसको निर्माण सुरुदेखि अन्त्यसम्म नै लेबनानमै भएको बताइएको छ । यसको मूल्य ३० हजार अमेरिकी डलर छ भने उत्पादन १० हजार युनिटमाथि छ । यही वर्षको अन्त्यतिर लेबनानमै उत्पादन सुरु हुनेछ । मोहम्मदको कम्पनीको नाम ईभी इलेक्ट्रा हो ।
उनले चार वर्षअघि कम्पनीको स्थापना गरेका थिए । उनको कम्पनीमा लेबनानीलाई रोजगारी समेत मिलेको छ भने ३०० कर्मचारीमध्ये कतिपय प्यालेस्टिनी इन्जिनियर पनि छन् । हाइब्रिड र विद्युतीय कारको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए । लेबनानमा पनि बिक्री गर्ने लक्ष्य राखिएको कारको चार्जिङका लागि देशैभर १ सय चार्जिङ स्टेसन राखिनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया