अमेरिकी प्रहरीबारेको गोप्य सूचना सार्वजनिक गरिदिने ह्याकरको चेतावनी
अमेरिका ।
अमेरिकी राज्य वासिङटन डीसीको महानगरीय प्रहरी विभागको कम्प्युटर ह्याक भएको छ । बीबीसीका अनुसार ह्याकरहरुले विभागको कम्प्युटर ह्याक गरी सूचनाहरु सार्वजनिक गरिदिने चेतावनी दिएका हुन् ।
बाबुक भनिने ¥यान्समवेर समूहले प्रहरीबारेको गोप्य सूचनाहरु तीन दिनभित्र प्रहरीले सम्पर्क नगरे सार्वजनिक गरिदिने बताएका छन् । अमेरिकी मिडियाहरुले यसबारे संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले अनुसन्धान गरिरहेको बताएका छन्।
¥यान्समवेर कम्प्युटर नेटवर्क ह्याक गरी सूचना चोर्न प्रयोग हुन्छ । ह्याकरहरुले कम्पनी वा संस्थालाई निशाना बनाई उनीहरुको सिस्टम नै लक गरिदिन सक्छन् । यसको बदला उनीहरुले ठूलो परिमाणमा पैसा माग्छन् र सिस्टम फेरि छोडिदिन्छन्।
सोमबार डीसीको प्रहरी विभागले एक वक्तव्यमा आफ्नो सर्भरमा अनधिकृत पहुँच पुगेको बताएको समाचार संस्था एपीले जनाएको छ । यद्यपि विभागलाई ह्याकरले सिस्टममा पहुँच दिए नदिएको खुलेको छैन । बाबुक रुसी भाषाको -यान्समवेर समूह हो । यो समूह यही वर्षको सुरुतिर देखापरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया