महेन्द्र शाही
सोलुखुम्बु, पुस २९
अलैँची उत्पादनमा गिरावट आएसँगैै सोलुखुम्बुको लिखुपिके क्षेत्रका कृषक चिन्तित बनेका छन् । अलैँचीको पकेट क्षेत्र मानिने लिखुपिकेमा केही वर्षयता रोग तथा कीराका कारण अलैंची उत्पादनमा निरन्तर गिरावट आएसँगै कृषक चिन्तित बनेका हुन् । करिब ४ वर्षयता भाउ ओरालो लागेसँगै उत्पादनमा समेत भारी गिरावट आउँदा कृषक दोहोरो मारमा परेका छन् ।
गत वर्ष ४ देखि ५ मनसम्म उत्पादन भएको बारीमा यस वर्ष १ देखि २ मन सम्म मात्रै उत्पादन भएको १५ वर्षदेखि अलैँची खेती गर्दै आएका कृषक प्रेमबहादुर बस्नेतको भनाइ छ । सबैतिरबाट पीडा भइरहेको उनको भनाइ छ । करिब ३ वर्ष अघिसम्म प्रतिकिलो दुई हजार पाँच सय रूपैँयासम्ममा बिक्री भएको अलैँची अहिले प्रतिकिलो पाँच सय रूपैँयामा पनि बिक्री हुन छोडेको कृषकले बताएका छन् ।
मनमा बिक्री हुने अलैँची ३ वर्ष पहिलेसम्म मनको एक लाखभन्दा बढीमा बिक्री गरेको बताउने किसान अहिले उत्पादन कम भएको तथा बिक्री पनि मनमा २० हजारमा पनि बिक्री नभएको बताउँछन् । उनीहरूका अनुसार पात सुक्ने, झर्ने, फल लाग्ने समयमा फूलमा ढुसी आउनेजस्ता समस्याले अलैँची खेती ओरालो लागेको हो ।
अलैँची खेती ओरालो लागेसँगै कृषकहरू अन्य खेती गर्नतर्फ लागेका छन् । केहि वर्षसम्म राम्रो आम्दानी हुँदा खेतबारी मासेर अलैँची लगाएका कृषकहरू यतिखेर धमाधम किबीलगायतका अन्य खेतीतर्फ आकर्षित भएको अर्का किसान शिवबहादुर बस्नेतले बताए । यो क्षेत्रको माटोमा समस्या देखिएकाले अहिललाई नयाँ अलैँचीका बिरुवा नलगाउन गाउँपालिकाले नै सबै किसानलाई अनुरोध गरेका छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया