कोभिड १९ प्रभावितलाई मेट लाइफले तीन दिनमा नै बीमा भुक्तानी दिने
काठमाडौं ।
कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरूको सहयोगार्थ मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको सुरुवात गरेको छ । यसअन्तर्गत कोभिड–१९ का कारण भएको मृत्युदाबीमा तीन कार्यदिनभित्रै द्रूतमार्गी बीमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
यसअन्तर्गत दाबीकर्तालाई बीमा दाबीका लागि आवश्यक कागजातहरू अनलाइन नै पेस गर्नसक्ने सुविधा दिइएको छ भने लाभार्थीले दाबी भुक्तानी तीन कार्यदिनभित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अधिक जानकारीका लागि सरल चरणबद्ध निर्देशनहरूको अनुसरण गर्न सक्नेछन् ।
ू्रतमार्गी दाबीका साथै, यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरूका लागि तीनवटा निदान केन्द्रहरूसँग घरमै आई पीसीआर परीक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको छ भने डाँफे केयरमार्फत कोभिड संक्रमित ग्राहक र उनीहरूमा आश्रित परिवारजनहरूको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ ।
१४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरूद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरूलाई आवश्यक औषधि सहयोग समावेश छ । यस सुविधाका लागि ग्राहकले केवल ०१–५९७०१६६ मा डायल गरी कल सेन्टरमा सम्पर्क वा इमेल गर्न सकिने कम्पनीले जनाएको छ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन्, ‘अधिकांश नेपालीहरूका लागि अहिले अत्यन्त कठिन तथा अनिश्चित समय हो । जनमानसलाई विश्वासिलो भविष्य निर्माणका लागि मदत गर्न हामीले आफ्नो जिम्मेवारीहरू गम्भीरताका साथ लिएका छौँ र आशा राखेका छौँ कि यस कोभिड केयर सहायता कार्यक्रमद्वारा हाम्रा ग्राहकहरूलाई कोभिड–१९ बाट उत्पन्न चुनौतीहरूको सामना गर्न केही मात्रामा भए पनि मनशान्ति तथा सुरक्षण प्रत्याभूति प्राप्त हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया