स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ
मोरङ ।
सशस्त्र प्रहरी बलले स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १६ दरैयास्थित सीमा इलाकाबाट आइतबार एपीएफ टोलीले उक्त रकमसहित दुई जनालाई पक्राउ गरेको हो । विराटनगर महानरपालिका १६ दरैया बस्ने २३ वर्षीय अमोद यादव र भारतमा घर बताउने १८ वर्षीय अभिषेक चौधरी छन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको एपीएफ टोलीले उनीहरूलाई भारतबाट नेपालतर्फ लुकिछिपी आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूमाथि शंका लागि जाँच गर्दा उनीहरूको साथमा फेला परेको रुपैयाँको स्रोत खुलाउन नसकेपछि रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । एपीएफ टोलीले यादवको साथमा पाँच लाख रुपैयाँ र चौधरीको साथमा छ लाख ५० हजार रुपैयाँ फेला पारेको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया