आपत्कालीन प्रयोगका लागि चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
अमेरिका ।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणविरुद्ध चीनले विकास गरेको सिनोफार्म खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । बीबीसीका अनुसार चिनियाँ सरकारी स्वामित्वको कम्पनीले विकास गरेको खोपले अनुमति पाएको हो ।
गैरपश्चिमी मुलुकको खोपले विश्व स्वास्थ्य संगठनबाट पाएको यो पहिलो अनुमति हो । त्यसो त यसअघि नै यो खोप चीन र अन्यत्र दशौँ लाख मानिसलाई लगाइसकिएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले फाइजर, अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडर्ना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
तर चिनियाँ खोपले अफ्रिका, ल्याटिन अमेरिका र एसियामा यसअघि नै अनुमति पाइसकेको छ । चीनले विकास गरेका खोपको प्रभावकारिताबारे अन्तर्राष्ट्रिय स्तरमा त्यति खुलेर तथ्यांक बाहिरिएको छैन । सोही कारण यसले कति काम गर्छ भन्नेमा अन्योल नै छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार सुरक्षित, असरदार र गुणस्तरीय भन्दै सिनोफार्मलाई अनुमति दिएको हो ।
योसँगै कोभिड १९ विरुद्धको खोप अभियान विश्वमा तीव्र गतिमा बढ्ने आशा गरेको जनाइएको छ । संगठनले यो खोप १८ वर्ष र त्यसमाथिका उमेरमा दुई मात्रा लगाउन सकिने जनाएको छ । त्यस्तै आगामी केही दिनभित्रै चीनले नै विकास गरेको अर्को सिनोभ्याक खोपले पनि अनुमति पाउने आशा गरिएको छ । यता रुसले विकास गरेको स्पुतनिक भी खोपबारे संठनले प्रभावकारिता अध्ययन गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया