कोरोनाभाइरसको नयाँ प्रकार अझै विश्वव्यापी चिन्ताको विषय
अमेरिका ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारत, बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई डब्ल्यूएचओले जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ । डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताकोे रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको बी.१.६१७ को संक्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएको छ ।
डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमवार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताए । उनले यो प्रकारका लागि खोपको प्रभावकारीता कम हुनु नै चिन्ताको विषय भएको बताए । भारतमा भेटिएको यो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको डब्ल्यूएचआले जनाएको छ ।
यसबाहेक बेलायत (यूके), दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ । कुनै पनि प्रकारलाई डब्ल्यूएचओले चिन्ताको प्रकारमा वर्गीकरण गर्दा सहज संक्रमण, गम्भीर लक्षण, एन्टीबडीको कम प्रभावकारिता र उपचार एवम् खोपको कम प्रभावकारिताको आधार हेर्ने गरेको ती अधिकारीले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया