चीनले अनुदान दिएको पाँच लाख डोज खोप बंगलादेशमा
ढाका ।
चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ । बंगलादेश वायुसेना (बीएएफ)को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका ल्याएको हो । चीनको विशाल औषधि निर्माता सिनोफार्म कम्पनीबाट विकास गरिएको खोप बंगलादेशलाई उपलब्ध गराइएको हो । यो खोपलाई बंगलादेशको औषधि नियामक निकायले केही दिनअघि आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोभिडविरुद्धको खोप अभियान गत जनवरी २८ मा सुरु गरेकी थिइन् । बंगलादेशलाई यसअघि भारतले २० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । साथै बंगलादेशले भारतको सेरम इन्स्टिच्युटबाट तीन करोड डोज खोप खरिद गर्न सम्झौता गरिसकेको जनाएको छ । बंगलादेशले खरिदका लागि सम्झौता गरिसकेको खोपमध्ये ५० लाख डोज बंगलादेशले प्राप्त गरिसकेको छ भने प्रत्येक महिना अरु पाँच लाख खोप उपलब्ध गराउने सेरमले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया