सांग्रिला डेभलपमेन्ट बैंकको १५औं वार्षिक साधारणसभा
काठमाडौं, माघ १
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले मंगलबार काठमाडौँ महानगरपालिका वडा नं ६ लैनचौरस्थित लैनचौर व्याङ्क्वेटमा आफ्नो १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आव २०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरीक्षण प्रतिवेदनसहित २०७६ आसारको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण तथा विस्तृत आयको विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको छ । सभाले चालू आव २०७६/७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टसलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजी दुुई अर्ब ६० करोड ६६ लाख ४० हजार चार सय रूपैयाँको आठ दशमलव ९५ प्रतिशत (करसहित)ले हुुनआउने २३ करोड ३५ लाख ३७ हजार दुई सय ९६ रूपैया नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । उपरोक्तबमोजिमको बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ८९ शाखा कार्यालयहरू, २६ एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया