स्वास्थ्य मन्त्रालयको तथ्यांकमा कोरोनाबाट निको हुनेको प्रतिशत सामान्य वृद्धि
काठमाडौं ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरुमा निको हुनेको दर वृद्धि भएको छ । अक्सिजनको समस्या हल हुँदै जाँदा संक्रमितहरु धमाधम निको हुनथालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान रहेको छ । अक्सिजनको अहिले पनि अभाव रहे पनि एक साता अगाडिको जस्तो हाहाकारको अवस्था भने छैन ।
शनिबार आठ हजार आठ सय ४८ जना निको भएका थिए भने उक्त दिन निको हुनेको प्रतिशत ७५ दशमलव ८ प्रतिशत रहेको थियो । शनिबार एकै दिन आठ हजार नौ सय ८० संक्रमित निको हुँदा आठ हजार नौ सय ८० जना मात्र संक्रमित थपिएका थिए । उक्त तथ्यांकअनुसार निको हुनेभन्दा संक्रमित थपिनेको संख्या एक सय ३२ जना मात्र बढी थियो ।
त्यसअघि शुक्रबार निको हुनेको प्रतिशत ७५ दशमलव चार प्रतिशत थियो । उक्त दिन सात हजार आठ सय ९० जना निको भएर घर फर्किएका थिए । उक्त दिन संक्रमितको संख्या आठ हजार छ सय सात जना थिए ।
आइतबार भने निको हुनेको प्रतिशत ७६ दशमलव तीन प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार सात हजार छ सय ६४ जना निको भएका छन् । आइतबार एक सय ९३ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार सात हजार नौ सय १४ जना नयाँ संक्रमित थप भएका छन् । १९ हजार नौ सय २६ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थप भएका हुन् ।
नेपालमा आइतबारसम्म एक लाख १५ हजार पाँच सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । आइतबारसम्म छ हजार तीन सय ४६ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । नेपालमा कोरोनाविरुद्धको भ्याक्सिनको अभाव भएको कारण संक्रमितको संख्या र मृत्यु हुनेको दर बढेको हो । सरकारले समयमै भ्याक्सिनको व्यवस्था गरेमा मृत्यु हुनेको दर घट्ने स्वास्थ्यविद्हरुले अनुमान गरेका छन् । भ्याक्सिन खरिदका लागि सरकारले पहल गरे पनि कुन देशको कुन नामको भ्याक्सिन ल्याउने भन्ने आइतबारसम्म पनि टुंगो लागेको छैन ।
यस्तै, काठमाडौँ उपत्यकामा पछिल्लो समय दुई हजार आठ सय २१ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार सात सय ६१, ललितपुरमा छ सय ९४ र भक्तपुरमा तीन सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको संख्या १७ हजार आठ सय ७९ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ५८ हजार १७ संक्रमित निको भएका छन् भने एक हजार चार हजार दुई सय ९७ सङ्क्रमितको मृत्यु भएको छ ।
यस्तै ललितपुरमा हाल छ हजार आठ सय ४५ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म २३ हजार चार सय ५५ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट तीन सय ७७ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै भक्तपुरमा चार हजार आठ सय एक सक्रिय सङ्क्रमित छन् । निको हुनेको सङ्ख्या १३ हजार दुई सय ७८ रहेको छ भने दुई सय ७९ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
- व्यवसायीलाई दुःख दिँदै राजस्व कार्यालय
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया