उत्तरी इटलीमा केबलकार दुर्घटना, आठ जनाको मृत्यु
रोम ।
इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले आइतबार जनाएका छन् ।
यस पहिले मृतक संख्या नौ भएको बताइएको थियो । ‘केबलकारमा यात्रा गरिरहेका १० जनामध्ये आठको मृत्यु भएको छ भने घटनामा गम्भीर घाइते दुई बालबालिकालाई उपचारका लागि टुरिनस्थित अस्पताल पठाइएको छ’, उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताए ।
स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबलकार दुर्घटनामा परेको हो । अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धार कार्यमा खटिएका छन् । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ ।
इटलीका सञ्चारमाध्यमहरूका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पु-याइएको छ । आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जंगलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया