पाकिस्तानमा नौ लाख पुगे कोरोना संक्रमित
इस्लामावाद ।
पाकिस्तानमा कोभिड–१९ संक्रमणमा पछिल्लो समय देखिएको वृद्धिसँगै संक्रमित संख्या नौ लाखभन्दा बढी पुगेको छ ।
‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर’ (एनसीओसी) को तथ्यांक उद्धृत गर्दै पाकिस्तानी जियो न्यूजले जनाएअनुसार पाकिस्तानमा कोरोनाभाइरस संक्रमित थप ७४ जनाको मृत्यु भएको छ भने कुल मृतक संख्या २० हजार दुई सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ८४ जना संक्रमित भएका छन् । प्रकोप सुरू भएदेखि सिन्ध प्रान्तमा तीन लाख छ हजार सात सय सात, पञ्जाबमा तीन लाख ३३ हजार ५७, खैबर पख्तून्ख्वामा एक लाख २९ हजार १३, बलूचिस्तानमा २४ हजार चार सय १३ र पाकिस्तान प्रशासित काश्मिरमा १८ हजार छ सय ५१ व्यक्ति संक्रमित रहेका छन् ।
संघीय शिक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारीमा पाकिस्तानका ५२ जिल्लामा कोभिड–१९ पुष्टि हुनेको संख्या पाँच प्रतिशतभन्दा बढी रहेको जियो न्युजले जनाएको छ । यसैबीच, सिन्धका १२ जिल्लामा कोभिड–१९ संक्रमण दर उच्च रहेको भन्दै शैक्षिक संस्थानहरू जून ६ सम्म बन्द रहने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया