बंगलादेशी महिला उद्यमीलाई कर छुट दिने तयारी
ढाका ।
बंगलादेशी सरकारले महिला उद्यमीहरुलाई करमा छुट दिने तयारी गरेको छ । त्यहाँको अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा महिला उद्यमीलाई आयकरमा छुट दिने तयारी गरेको बताएको हो ।
द डेलिस्टार अनलाइनका अनुसार न्यूनतम करको लागि वार्षिक कारोबारको सीमा ५० लाख टाकादेखि ७० लाख टाकासम्म हुनसक्नेछ । तर त्यस्ता कम्पनी महिला उद्यमीले सञ्चालन गरेको हुनुपर्नेछ ।
‘हामीसँग महिला उद्यमीले सञ्चालन गरेका कम्पनीका कारोबारमा छुट्टै कर दर छैन तर उनीहरुलाई उत्साहित बनाउन विशेष सुविधा दिनु महत्वपूर्ण हुन्छ जस्तो हामीलाई लाग्छ’, एक अधिकारीले भने । वर्तमान अवस्थामा महिलाका लागि छुट्टै कररहित आयकरको सीमा छ ।
‘त्यही कारण हामी न्यूनतम करको लागि कारोबारको छुट्टै सीमा निर्धारण गर्दै छौँ’, ती अधिकारीले भने । अहिले रहेको कररहित आयको सीमा महिला करदाताको लागि वार्षिक तीन लाख ५० हजार टाका छ । अर्को वर्ष पनि यो सीमा परिवर्तन नहुने भएको छ । महिलाहरु उद्यम व्यवसायमा रुचि देखाउनथालेपछि नयाँ व्यवस्था ल्याउन लागिएको बताइएको छ ।
त्यस्तै नेशनल बोर्ड अफ रेभेन्युले पनि तेस्रो लिंगी मानिसलाई व्यवसायमा आकर्षित गराउने योजना बनाएको छ । मूलधारको अर्थतन्त्रमा समाहित गराएर उनीहरुमाथि हुने विभेद घटाउन यसो गर्न लागिएको हो ।
योजनाअनुसार सरकारले व्यावसायिक करमा पाँच प्रतिशतसम्म छुट दिइनेछ । तर कम्पनीले सय जना तेस्रो लिंगी मानिसलाई रोजगारी दिएको हुनुपर्नेछ । सन् २०१४ को जनवरीमा सरकारले आधिकारिक रुपमा तेस्रो लिंगी समुदायको पहिचान गरेको थियो । तर यी मानिसहरुलाई रोजगारीको क्षेत्रमा खुल्ला हृदयले स्वागत नगर्ने प्रचलन अझै रहेको छ ।
यो योजनाले कम्पनीहरुलाई तेस्रो लिंगीलाई रोजगारी दिन प्रेरित गर्ने आशा गरिएको छ । यस्ता मानिसले बंगलादेशमा सरकारको सामाजिक सुरक्षा स्किमअन्तर्गत पैसा पाउने गरेका छन् । चालू आर्थिक वर्षमा विभिन्न प्रयोजनका लागि यी मानिसहरुको लागि ४६ करोड टाका विनियोजन गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया