भारतीय कार्यालयमा प्रहरी पुगेपछि ट्विटरले भन्यो– भारतमा अभिव्यक्ति स्वतन्त्रताको चिन्ता बढ्यो
काठमाडौँ । चर्चित सामाजिक सञ्जाल ट्विटरले भारतमा अभिव्यक्ति स्वतन्त्रतामाथिको चिन्ता बढेको बताएको छ । केही दिनअघि कम्पनीको भारतीय कार्यालयमा भारतीय प्रहरी अनुसन्धानका लागि भन्दै पुगेको थियो ।भारतीय सत्तारुढ दलका एक नेताको ट्विटलाई ‘म्यानिपुलेटेट मिडिया’को लेबल लगाएपछि भारतीय प्रहरी ट्विटरको कार्यालयमै पुगेको थियो । ट्विटरले भाजपाका प्रवक्ता सांवित पात्रको ट्विटमा त्यस्तो लेबल लगाइदिएको थियो । पछिल्लो समय ट्विटर र भारत सरकारबीच सम्बन्धमा दरार आएको छ । भारत सरकारले डिजिटल कम्पनीमाथि नयाँ नियम ल्याएको छ । त्यसयता ट्विटर र भारतीय सरकारबीच सम्बन्धमा खटपट आइरहेको छ ।
भाजपाका ती नेताले डकुमेन्टहरुको स्क्रिनशट आफ्नो ट्विटर ह्यान्डलमार्फत ट्विट गरेका थिए । ती डकुमेन्ट विपक्षी दल कांग्रेसले तयार गरी कोरोना महामारीमा सरकारले केही गर्न सकेन भनेर नियोजित रुपमा प्रचार गरिएको भन्दै उनले ट्विट गरेका थिए । उक्त ट्विटलाई धेरै बीजेपी नेताले सेयर गरेका थिए । त्यसपछि विपक्षी दल कंग्रेसले ट्विटरमा रिपोर्ट गरेको थियो । त्यसपछि उक्त ट्विटलाई बढाइचढाइ सामग्रीको संकेत दिइएको थियो ।
ट्विटरले बढाइचढाइ गरिएको सामग्रीलाई ‘म्यानिपुलेटेट मिडिया’को संकेत दिन्छ । त्यसमा भिडियो, अडियो र तस्बिरहरु पर्दछन् । ट्विटरका एक प्रवक्ताले बीबीसीसँग भनेका छन्, ‘अहिले हामी भर्खरै भारतमा हाम्रा कर्मचारीलाई लिएर भएकाको घटनाप्रति ध्यानाकृष्ट भएका छौँ । यसले मानिसहरुको अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता थपेको छ ।’
प्रहरीले आफ्नो कार्यालयमा अनुन्धानका लागि भन्दै पुगेको घटनामा समेत ट्विटरले चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ । गत सोमबार दिल्ली प्रहरी ट्विटरको कार्यालयमा पुगेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
- ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता
- आइएमई लाइफको खुद मुनाफा ३३ करोड नाघ्यो
- बागमती सिँचाइ आयोजना ब्यारेजको तीन दशकपछि जीर्णाेद्धार
- गोर्खाज फाइनान्सका अध्यक्षको सपथ
- सन नेपाल लाइफको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
- समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया