नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बीमादाबी भुक्तानी
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २५ लाख रूपैयाँ बीमादाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार लहान शाखाबाट २५ लाख रूपैयाँको घातक रोगदाबी भुक्तानी गरिएको हो । बिहीबार सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनको भतिज गोविन्द अग्रवाललाई घातक रोगदाबी रकम २५ लाख रूपैयाँ बीमांक रकमबापत भुक्तानी गरिएको हो ।
शकुन्तला कुमारी पोद्दारले २०७६ असोज २७ गते २५ लाख रूपैयाँबराबरको जीवन अमृत योजना खरिद गरेकी थिइन् । दाबी भुक्तानी कार्यक्रममा शाखा प्रमुख सञ्जय कुमार सिंह, सिनियर एजेन्सी मेनेजर मोहन झा र पोद्दारको सपरिवारको उपस्थिति रहेको थियो । बीमादाबी भुक्तानी लिँदै गर्दा बीमितको भतिजा गोविन्द अग्रवालले घातक रोगदाबी भुक्तानी सरल र सहजरूपमा पाएको बताएका छन् । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३२ करोड २५ लाख ७० हजार सात सय २९ रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ३१ करोड ५६ लाख २१ हजार तीन सय ४९ रूपैयाँ खुुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी तीन अर्ब ३९ करोड आठ लाख ८९ हजार दुुई सय तीन रूपैयाँ रहेको कम्पनीको चालू आवको पछिल्लो अवधिमा प्रतिसेयर आम्दानी १२ रूपैयाँ ६८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३२ रूपैयाँ एक पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया