भारतमा संक्रमित ह्वात्तै घटे २४ घण्टामा ३४ सयको मृत्यु
नयाँ दिल्ली ।
कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । गत मे ९ तारिखमा एकै दिन चार लाखभन्दा बढी संक्रमित फेला पारिएकामा विगत २४ घण्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
सिन्ह्वाका अनुसार योसहित भारतमा आइतबारसम्म कूल संक्रमितको संख्या दुई करोड ७९ लाख पुगेको छ । र सक्रिय संक्रमितको संख्या भारतमा अझै २१ लाख १४ हजार रहेको छ । विगत २४ घण्टामा एक लाख १४ हजारले सक्रिय संक्रमितको संख्यामा कमी आएको पनि मन्त्रालयले जनाएको छ ।
भारतमा हालसम्म दुई करोड ५५ लाख व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् । तर भारतमा कोभिड–१९ को संक्रमणबाट भइरहेको दैनिक मृत्यु दरमा सामान्य गिरावट आए पनि तीव्र सुधार हुनसकेको छैन । मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा तीन हजार चार सय ६० जनाको ज्यान गएको छ । योसहित भारतमा कुल मृतकको संख्या तीन लाख २५ हजार नौ सय ७२ पुगिसकेको छ ।
कोरोनाभाइरस महामारीबाट आम जनतालाई सुरक्षित राख्न गत जनवरीदेखि नै खोप अभियान सञ्चालन गरेको भारतले देशभर हालसम्म २१ करोड २० लाख डोज खोप लगाएको छ । शनिबार एकै दिन भारतमा ३० लाख भन्दा बढी व्यक्तिलाई खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतले हाल १८ वर्षभन्दा माथिको उमेर समूहका सबै व्यक्तिलाई खोप दिइरहेको छ । तर खोपको माग तीव्र भए पनि आपूर्ति त्यस अनुरुप हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसैबीच, भारत सरकारले देशभर कोभिड–१९ को परीक्षणलाई तीव्र बनाएको छ । शनिबारसम्म भारतमा ३४ करोड ३२ लाख नमूना परीक्षण गरिएको छ जसमध्ये शनिबार एकै दिन २० लाख ६३ हजार नमूना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
भारतमा हाल तीन किसिमका खोप प्रयोगमा ल्याइएको छ । भारत सरकारले सेरम इन्स्टिच्यूटले उत्पादन गरिरहेको कोभिसिल्ड, कोभ्याक्सिन र रसिया–निर्मित स्पुतनिक भी खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । कतिपय राज्यमा भारत सरकारले निःशुल्क खोपको व्यवस्था गर्नुका साथै निजी संस्थाबाट खोप बिक्रीका लागि अनुमति दिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया