पाकिस्तानले ११ महिनामा उठायो ४१ खर्ब राजस्व
इस्लामावाद ।
पाकिस्तानले ११ महिनामा ४१ खर्ब ४३ अर्ब रुपैयाँ (पाकिस्तानी मुद्रा) संकलन गरेको छ । चालू आर्थिक वर्षमा संकिलत उक्त रकम अहिलेसम्मकै बढी भएको दाबी गरिएको छ ।
डन अनलाइनका अनुसार गत वर्ष सोही अवधिमा ३५ खर्ब ३६ अर्ब रुपैयाँ संकलन भएको थियो । यसले पाकिस्तानको अर्थतन्त्र लयमा फर्किन थालेको आकलन गरिएको छ ।
यो महिनाको अर्थात् मे ३० र ३१ दुई दिनमा १५ देखि २० अर्ब राजस्व सरकारी ढुकुटीमा आउने अनुमान छ । यसले चालू आर्थिक वर्षको जुलाई–मे अवधिमा राजस्व संकलनलाई थप मजबुत पार्ने बताइएको छ ।
फेडेरल बोर्ड अफ रेभेन्यु (एफबीआर) का अनुसार ४० खर्ब बढी राजस्व संकलन भएको यो पहिलोपटक हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया