ज्योति ग्रुपद्वारा कोभिड राहतमा २ करोडको सहयोग
काठमाडौं ।
नेपाली उद्योग क्षेत्रका चिरपरिचित नाम ज्योति ग्रुपअन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ्ग कम्पनी प्रालिले कोभिड महामारीको यस कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करिब दुई करोड रकम सहयोगस्वरुप प्रदान गरेको छ ।
सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख राहत रकम प्रदान गरिएको छ । सहयोगकै क्रममा क्रिएसन नेपाललाई पाँच लाख २२ हजार बराबरको २५ थान अक्सिजन सिलिण्डर, अछाम अस्पताललाई सात लाख ७० हजारबराबरको पाँच थान अक्सिजन कन्सन्ट्रेटर्स र हेल्थी नेशन फाउण्डेसनलाई सात लाख ७० हजारबराबरको पाँच थान अक्सिजन कन्सन्ट्रेटर्स सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसका साथै गंगालाल अस्पताललाई पाँँच लाखको पीएपीआर सुट प्रदान गरेको छ ।
जर्मन अक्सिजन प्लान्टका लागि एनबीआईलाई १५ लाख र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभियरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गोसहित कुल एक करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुने गरी प्रतिमिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- एक अर्ब रूपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा
- एक सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयले ल्याएको तरङ्ग
- १६औँ योजनामा घट्यो कुल लगानीको अनुमानित रकम
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया