एभरेष्ट बैंकद्वारा स्पुन रेमिट, बेलायतसँग साझेदारी
काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा, स्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सो सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र स्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफीले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।
स्पुन रेमिट, अनलाइन प्रोडक्ट र ट्रेडिङको लागि दर्ता गरिएको एमए फास्टमोव लिमिटेडअन्तर्गतको नाम हो, जुन वेबका साथै मोबाइल एप्लिकेसनको दुवै एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ । अब बेलायतमा रहेका रेमिटरहरूले आफूलाई स्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।
साझेदारीले बैंकको सेवाहरू बेलायतमा पनि विस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरूलाई थप सुविधा प्रदान गर्नमा मदत गर्नेछ । स्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स, नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजिटमार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपालभरि फैलिएको नौ हजारभन्दा बढी पेआउट एजेन्टहरू र बैंकको एक सय तीनवटामध्ये कुनै पनि शाखाबाट नगद भुक्तानी लिन सकिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया