दक्षिण कोरिया र सिंगापुरबीच हवाइ यात्रा खोल्ने बारे छलफल
सियोल ।
दक्षिण कोरिया र सिंगापुरका अधिकारीहरुबीच आगामी जुलाईदेखि हवाइ सेवा थालनी गर्ने बारेमा छलफल सुरु भएको छ । एपीका अनुसार क्वारेन्टिनमा बस्न नपर्ने गरी दुई देशबीच सोझो हवाइ उडान गर्ने सम्भावनाबारे छलफल भएको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् । तर यस्तो हवाइ यात्रा गर्न चाहने व्यक्तिले अनिवार्य रुपमा खोप लगाएको हुनुपर्नेछ ।
स्वास्थ्य अधिकारीहरुले यस्तै उडान ताइवान, थाइल्यान्ड र अमेरिकाका प्रशान्त क्षेत्रहरु गुवाम र सैपानमा सुरु गर्नेबारेमा कोरियाले प्रस्ताव पठाएका बताएका छन् । यी देशहरुले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि जारी गरेका प्रतिबन्धलाई खुकुलो बनाएकाले पनि हवाइ उडान खोल्न लागेको बताइएको छ । दक्षिण कोरियाले हाल विदेशबाट आउने अधिकांश यात्रुलाई दुई साताको अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको छ ।
दक्षिण कोरियाका एक जना वरिष्ट स्वास्थ्य अधिकारी यून टाइहोले प्रारम्भमा प्रत्यक्ष उडानबाट आउने तर खोप लगाएका यात्रुलाई प्रवेश दिइने र उनीहरुका बारेमा अनुगमन गर्ने दायित्व ट्राभल एजेन्सीलाई दिइने बताए । क्वारेन्टाइन बस्न नचाहने यात्रुले आफूले खोप लगाएको प्रमाण पेश गर्नुपर्ने तथा कोभिड–१९ परीक्षणमा नेगेटिभ देखिएको हुनुपर्ने पनि उनले जानकारी दिए ।
तर कोरोनाभाइरसको संक्रमण देखिएका देशसँगको उडान तत्कालै सुरु नहुने पनि उनले बताए । थाइल्यान्डमा हालैका साताहरुमा निकै ठूलो संख्यामा कोभिड संक्रमण फैलिएको छ र यहाँ दैनिक दुई हजारभन्दा बढी संक्रमित व्यक्ति फेला परेका छन् । सिंगापुर र ताइवानमा पनि केही क्षेत्रमा कोभिड संक्रमण देखिएको छ । बुधबारसम्म करिब ९२ लाख दक्षिण कोरियालीले कम्तीमा एक डोज खोप लगाएका छन् । यो संख्या कुल जनसंख्याको करिब १८ प्रतिशत हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नबिल बैंक र सिप्रदीबीच सहकार्य
- एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर कपिलवस्तुको पकडीमा
- प्राधिकरणद्वारा बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल
- हिमालयन सेक्युरिटिजको कारोबार सुरु
- जापानमा रोजगारीको उपलब्धता घट्यो
- एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र साढे चार प्रतिशत बढ्ने
- सरकारी खर्च कार्यान्वयनका समस्या
- मई दिवस: श्रम अधिकार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया