अमेरिकाका नामुद धनाढ्यले नै तिर्दैनन् आयकर
वासिड.टन ।
अमेरिकाका नामुद धनाढ्यहरुले नै आयकर नतिर्ने गरेको खुलासा भएको छ । विश्वकै धनाढ्य कहलिएका जेफ बेजोस, एलन मस्क, वारेन बफेटजस्ता व्यक्तित्वले नै आयकर खासै नतिरेको खुलेको हो । उनीहरुले तिरे पनि साह्रै नगन्य आयकर तिरेका छन् ।
प्रोपब्लिका नामक वेबसाइटमा यससम्बन्धी खुलासा भएको बताइएको छ । यसअनुसार उक्त धनाढ्यले कर फिर्ताको सुविधा समेत उपयोग गरेका छन् । वेबसाइटका अनुसार अमेजनका बेजोसले सन् २००७ र सन् २०११ मा कर नै तिरेनन् ।
त्यस्तै सन् २०१८ मा मस्कले पनि कर नै नतिरेको पाइएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले भने यससम्बन्धी विवरण चुहिनुलाई अवैधानिक भनेको छ । कर नतिरेको सूचना चुहावट भएसँगै संघीय अनुसन्धान ब्युरो –एफबीआई) र कर अधिकारीले यसबारे अनुसन्धान थालेका छन् ।
प्रोपब्लिकाले भने अरु कर नतिर्ने अर्बपतिबारे पनि थप खुलासा गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । आगामी हप्तामा यी विवरण सार्वजनिक गर्ने उसले जनाएको छ । धनाढ्यमाथि बढीमात्रामा कर लगाउने नीति ल्याएको बाइडेन प्रशासनलाई यसले चुनौती दिएको छ ।
कुल आयमध्ये धनाढ्य २५ अमेरिकीले औसतमा १५.८ प्रतिशत मात्रै कर तिरेको प्रोपब्लिकाको दाबी छ । प्रोपब्लिकाकी वरिष्ठ रिपोर्टर तथा सम्पादक जेसे आईसिंगरका अनुसार धनाढ्यलाई करछुट दिइएको पाइएको छ । यसले धनाढ्यहरुले राज्यका प्रणालीलाई वैधानिक बाटोबाटै कसरी छल्छन् भन्ने खुलासा भएको उक्त वेबसाइटले उल्लेख गरेको छ ।
कर घटाउन उनीहरुले वैधानिक प्रणालीका प्वालहरु प्रयोग गर्न सक्षम भएको खुलेको छ । कम्पनीमा रहेको उनीहरुको सेयर स्वामित्व बढ्दा त्यसबापतको आय रेकर्ड नहुने गरेको पनि बताइएको छ । यसबाहेक यी धनाढ्यले अत्यधिक करछुट समेत पाउने गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया