म्यान्मारकी प्रजातन्त्रवादी नेतृ सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर
न्यापित ।
म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सुचीको दल नेशनल लिग फर डेमोक्रेसीले सूचीलाई फसाउन लगाइएको झूठो आरोप भनेको छ ।
सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको छ । यस आरोपमा सूची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ । यस बाहेक उनीमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ ।
फेब्रुअरी १ मा सैन्य प्रशासनले सत्ताको बागडोर सम्हालेपछि सूचीलाई पक्राउ गरिएको थियो । त्यसयता नजरबन्दमा भएकी सूची अदालतमा अत्यन्त कम देखिएकी छिन् । उनको दलका दर्जनौँ नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ । म्यान्मारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सूचीलाई सघाएको आरोपमा सयौँ नागरिकको हत्या गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया