एनआईसी एसिया बैंकले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
काठमाडौं ।
एनआईसी एसिया बैंकले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकका अनुसार प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागिएको हो ।
निष्काशन गरिने कुल ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता सर्वसाधारणको लागि बाँकी एक अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ । एनआईसी एसिया ऋणपत्र २०८८’ नाम दिएको यो ऋणपत्रको अवधि १० वर्षको रहेको छ भने ब्याजदर आठ दशमलव पाँच प्रतिशत तोकिएको छ ।
सनराइज क्यापिटलमार्फत यही असार छ गतेबाट खुला हुुने ऋणपत्रको बिक्री कार्य छिटोमा यही असार नौ गते र ढिलोमा यही असार २० गते बन्द हुुनेछ । बैंकका अनुसार खरिदकर्जाहरूले न्यूनतम १० देखि अधिकतम १५ लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया