श्रीलंकामा आन्तरिक यात्रा प्रतिबन्ध लम्बियो
कोलम्बो ।
श्रीलंकामा देशभरि लागू गरिएको यात्रा प्रतिबन्धको व्यवस्था अझै केही समय थप गरिएको छ । सरकारी अधिकारीहरुले आगामी जुन २१ सम्म देशभरि आन्तरिक यात्रा गर्न प्रतिबन्ध लगाएको जानकारी दिएका छन् । यसअघि लागू हुँदै आएको प्रतिबन्धात्मक व्यवस्थालाई निरन्तरता दिने विषयमा शुक्रबार निर्णय भएको उनीहरूले बताएका छन् । कोरोनाभाइरसको महामारी अझै पनि नियन्त्रणमा नआइसकेकाले यात्रामा प्रतिबन्ध लगाउनुपर्ने भएको अधिकारीहरुले जनाएका छन् ।
सरोकारवाला तथा विज्ञहरुसँगको बैठक र सुझावका आधारमा यात्रा प्रतिबन्धको अवधि लम्ब्याउने निष्कर्षमा पुगेको श्रीलंकाका सेना प्रमुख शाभेन्द्र सिल्भाले जानकारी दिए । राष्ट्रपति र प्रधानमन्त्रीद्वयले पनि यात्रा प्रतिबन्ध लम्ब्याउने कुरामा स्वीकृति दिएको कोरोनाभाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहेका प्रधान सेनापति सिल्भाले बताए ।
यसअघि लागू गरिएको यात्रा प्रतिबन्धसम्बन्धी व्यवस्था यही जुन १४ तारिखमा सकिने भएकाले १५ तारिखदेखि लागू हुने गरी प्रतिबन्धको नयाँ व्यवस्था गरिएको हो । श्रीलंकामा कोरोनाभाइरसको महामारीका कारण अहिलेसम्म दुई लाख १८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया