चीनद्वारा अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप हस्तान्तरण
काबुल ।
चीनले दक्षिण एसियाको एक द्वन्द्वग्रस्त देश अफअगानिस्तनलाई कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीको कार्यालयमा आयोजना गरिएको एक समारोहमा सो खोप हस्तान्तरण गरिएको बताइएको थियो ।
आइतबार आयोजना गरिएको सो समारोहमा अफगानिस्तानका स्वास्थ्यमन्त्री, त्यहाँका उच्च अधिकारीहरुका साथै अफगानिस्तानमा रहेका चिनियाँ नागरिक पनि उपस्थित रहेका बताइएको छ ।
अफगानिस्तानका लागि चिनियाँ राजदूत वाङ युले सो खोप अफगानिस्तानको सरकारका स्वास्थ्यमन्त्री र प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नुभएको बताइएको छ । त्यस समारोहमा अफगान राष्ट्रपति घानीले चीन सरकारले अफगानिस्तानका नागरिकलाई एक महत्वपूर्ण उपहार दिएको बताएका थिए । राष्ट्रपति घानीले अफगानिस्तानलाई यस्तो संकट परेका बेलामा गरेको सहयोग सधैँ सम्झनामा राखिराख्ने बताएका थिए ।
उनले विगतमा पनि समस्यामा परेका समयमा चीनले आफूहरुलाई धेरै सहयोग गर्दै आएको बताउँदै यसबाट अफगानिस्तान र चीनबीचमा राम्रो र सुमधुर सम्बन्ध रही आएको प्रमाणित हुने पनि बताएका थिए । त्यस समारोहमा चिनियाँ राजदूत युले आगामी दिनमा पनि चीनले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जानकारी दिए । उनले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि चीनले अफगानिस्तानलाई सहयोग जारी राख्ने बताएका थिए । सो समारोहमा चीनले अफगानिस्तानलाई कति मात्रामा खोप दिएको थियो भन्ने बारेमा भने उल्लेख गरिएको छैन ।
चीनमा १७ सय ५३ मेट्रिक टन सुन
बेइजिङ । चीनको सुन सञ्चिति गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिति विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाइ छ । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया