विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शैक्षिक प्रमाणपत्रमाथि विद्यार्थी तथा चिकित्सकले उठाए प्रश्न
विराटनगर ।
विवादास्पद छवि भएका डा. ज्ञानेन्द्र गिरीलाई सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गरेको छोटो अवधिमा नै उनीमाथि गम्भीर आरोप लगाउँदै प्रतिष्ठानका चिकीत्सक तथा विद्यार्थीले आन्दोलन सुरु गरेका छन् ।
पछिल्लो समय केही दिनदेखि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीले उपकुलपति ज्ञानेन्द्र गिरीको शैक्षिक योग्यतामाथि नै प्रश्न उठाउँदै सक्कल प्रमाणपत्र देखाउन माग गरेका छन् । उपकुलपतिजस्तो पदमा रहेको व्यक्तिको शैक्षिक योग्यतासँग जोडिएर प्रश्न उठेपछि अब डा. गिरीलाई पदमा आसिन रहन समेत नैतिकरूपले नमिल्ने विज्ञहरू बताउँछन् ।
मुलुकमा प्रजातन्त्रको बहालीपश्चात् कोशी अस्पताल विराटनगरको मेडिकल सुपरिटेन्डेन्ट नियुक्ति भएका समयमा समेत डा. गिरीको विवादित कार्यशैलीका कारण पूरा अवधि समेत काम गर्न नसकेपछि सरकारले उनलाई हटाएर अर्को नियुक्ति गरेको थियो । अहिले आएर उक्त घटना स्मरण गर्दै एक स्वास्थ्यकर्मीले भने ‘डा. गिरीको जहाँ–जहाँ नियुक्ति हुन्छ, त्यहाँ–त्यहाँ उनको कार्यशैलीका कारण व्यापक विवाद र गम्भिर प्रश्न उठ्ने गरेको छ ।’ कोशी अस्पतालको मेसु नियुक्तिमा समेत वरिष्ठ डाक्टरहरूको व्यापक विरोधपछि तीन महिनापछि नै सरकारले डा. गिरीलाई हटाएको थियो ।
केही समयअघि मात्र सरकारले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. गिरीलाई नियुक्त गरेको थियो । आन्दोलनरत विद्यार्थी तथा चिकित्सकहरूले डा. गिरीलाई कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापक उपाधि प्रदान गरेको हो, त्यसको प्रतिलिपि सार्वजनिक गर्न चुनौती दिएका छन । उनीहरूले डा. गिरीले आफूलाई चिकित्साशास्त्रमा कार्डियोलोजिस्ट बताउँदै आएको हुँदा त्यसका विषयमा समेत प्रस्ट पार्न पनि माग गरेको छन् । उता डा. गिरीले भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) र अमेरिकाको कोलोराडो युनिभर्सिटी हेल्थ साइन्सबाट कार्डियोलोजिस्ट अध्ययन पूरा गरेको बताउँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया