कालिञ्चोक गाउँपालिकाद्धारा आफ्नै लगानीमा सडक कालोपत्रे
दोलखा ।
दोलखाको कालिञ्चोक गाउँपालिकाले आफ्नै लगानीमा गाउँपालिकाको मुख्य ग्रामीण सडकको कालोपत्रे गर्न सुरु गरेको छ । चालू वर्षमा गाउँपालिकाले सुनखानी–साङ्वा सडकखण्डमा चार किलोमीटर सडक कालोपत्रे सम्पन्न गरेको हो ।
गाउँपालिकाले पाँच करोड १५ लाख बजेट छुट्याएर सुनखानीको सिसागोलाइदेखि सुँगुरेसम्म सडक कालोपत्रे गरेको हो । गाउँपालिकाले पहिलो प्याकेजअन्तर्गत तीन करोड ३५ लाख रकम लगानीमा छ वडा जोड्ने मुख्य ग्रामीण सडक सुनखानी–साङ्वा सडकखण्डको सिसा गोलाइदेखी पाटा गाउँसम्म २३ सय मिटर सडक कालोपत्रे गरेको छ ।
त्यस्तै सोही सडकमा दुई सय मिटर ढलान गरेर पहिलो प्याकेजको काम सकेको कालिञ्चोक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए । त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत पाटगाउँदेखि सुँगुरेसम्म करिब एक किलोमिटर सडक कालोपत्रे र पाँच सय मिटर ढलान चालू वर्षमै सकिने उनले बताए ।
दोस्रो प्याकेजका लागि गाउँपालिकाले एक करोड ८० लाख बजेट विनियोजन गरेको थियो । कालोपत्रेको काम सबै सकिए पनि सात सय मिटर सडकको ढलान भइरहेको अधिकृत ओलीले बताए ।
अघिल्लो वर्ष प्रदेश सरकारले सिङ्गो सडक कालोपत्रे गर्न बजेट छुट्याएको हल्ला मात्र गरेर अन्यत्र बजेट लगेपछि चालू वर्षमा गाउँपालिकाले आफ्नै लगानीमा सडक कालोपत्रे गर्न सुरु गरेको हो । चालू वर्षमा केन्द्र सरकारले थप सडक निर्माण गर्न ८३ लाख बजेट दिएको छ । आगामी वर्षमा केन्द्र र प्रदेश सरकारले बजेट थप गरेर सबै सडक कालोपत्रे सक्ने योजना रहेको गाउँपालिका प्रमुख इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया