सुनको आयात तथा बिक्रीवितरण सुचारु गर्न माग
काठमाडौं ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा बिक्रीवितरण सुचारु गर्न माग गरेको छ । महासंघका अनुसार कोभिड–१९ को नियन्त्रणको क्रममा गत वैशाख १६ गतेदेखि लकडाउन घोषणा गरिएपश्चात् व्यापार, व्यवसायलगायतका क्षेत्रहरू बन्द भएकोले वाणिज्य बैंकहरूले बिक्रीवितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो ।
मंगलबारदेखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गीकरण गरी दैनिक तालिकाअन्तर्गत तोकिएको बार र समयमा व्यापार, व्यवसाय चालू गरिएकोले सोही तालिकाअनुरूप सुन, चाँदी गहना आदि आभूषण क्षेत्र पनि चालू भएको महासंघले जनाएको छ । गहना व्यवसाय सुचारु भए पनि बैंकबाट बिक्रीवितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने महासंघले जनाएको छ ।
सुनको आपूर्ति तथा वितरणको लागि सम्बन्धित निकायमा निर्देशन दिन महासंघले राष्ट्र बैंकलाई आग्रह गरेको छ । साथै साबिकमा दैनिक २० केजी सुन बिक्रीवितरण हुँदै आएकोमा लामो समयपश्चात् बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाडपर्वहरूको समय पनि आउने भएकोले विगतमा बिक्रीवितरण नभएको सुनको परिमाण समेतलाई मनन गर्दै दैनिक ३० केजी सुन बिक्रीवितरणको अविलम्ब व्यवस्था गर्न पनि महासंघले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
- आगामी बजेटका चुनौती
- आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका
- सहकारीको लहरो पहरोसम्मै पुगोस्
- ‘श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु’
- प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया