‘हाम्रो परिवार, राम्रो परिवार’द्वारा हेलम्बु गाउँपालिका बाढीपहिरो पीडितलाई राहत वितरण
काठमाडौं ।
‘हाम्रो परिवार राम्रो परिवार’ले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितहरूलाई राहत सामग्री वितरण गरेको छ । हाम्रो परिवार राम्रो परिवारका सचिव दिपेन्द्र खण्डको नेतृत्वमा गएको राहत वितरण टोलीले सोमबार हेलम्बु गाउँपालिका–१, २ र ३ मै पुगेर राहत बाँडेका हुन् ।
उक्त क्षेत्रका वास्तविक पीडितले आजसम्म कुनै राहत नआएको गुनासो गरेका थिए । राहत सामग्री बोकेर हाम्रो परिवार राम्रो परिवारको टिम सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेको थियो । खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो । सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला उनीहरू राहत बाँड्न तत्पर भएका हुन् । राहत ग्रहण गर्दै वडा अध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकोमा पहिलो राहत हाम्रो परिवार राम्रो परिवारले ल्याएको बताए ।
राहत वितरण टोली हाम्रो परिवार राम्रो परिवारको सचिव खण्कासहित कोषाध्यक्ष सोनी बस्नेत, सुमी बस्नेत, निता क्षेत्री, राम कार्की, गोपाल सुवेदी, अनोज पण्डित, उत्तम कार्की, अनिता खत्री, गीता थापा र सिन्धुपाल्चोक जिल्लाको हाम्रो परिवार राम्रो परिवारको टिम बालकृष्ण चौलागाईं, अर्जुन आचार्य, प्रशान्त चौलागाईं, बाबुराम भट्टराईलगायत सहभागी थिए । जिल्ला समन्वय समितिकी सदस्य विमला भण्डारीका अनुसार यो वडामा पूर्णरुपमा एक सय ५० घर प्रभावित भएको जानकारी गराइन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया