मनकामना स्मार्ट लघुवित्तले तीन करोड ८९ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने
काठमाडौँ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले तीन करोड ८९ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्नेभएको छ । संस्थाले यही असार १७ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन लाख ८९ हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको संस्थाको सेयर बिक्रीकार्य छिटोमा यही असार २१ गते र ढिलोमा यही असार ३१ गते बन्द हुनेछ । संस्थाको जारी पुँजी भने हाल १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ ।
संस्थाले जारी गर्ने कुल साधारण सेयरमध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ५८ कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् १९ हजार चार सय ५० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी तीन लाख ६३ हजार चार सय ९२ कित्ता भने सर्वसाधारणको लागि छुट्याएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया