जीवन विकास लघुुवित्तको १९ करोड ७७ लाख रुपैयाँको साधारण सेयरको बिक्री खुल्ला
काठमाडौं ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूय कायम रहनेगरी १९ लाख ७७ हजार तीन सय कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
बिक्री खुल्ला भएको कुल सेयरमध्येमा शून्य दशमलव पाँच प्रतिशत अर्थात् ३० हजार चार सय २० कित्ता संस्थामा कार्यरत कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् ९८ हजार नौ सय ६५ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा छुट्याइएको संस्थाले जनाएको छ । अधिकृत पुँजी एक अर्ब रुपैयाँ रहेको संस्थाको जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी ४१ करोड छ लाख ७० हजार रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।
संस्थाका अनुसार लगानीकर्ताहरूले भने न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत यही असार ११ गतेबाट खुल्ला भएको साधारण सेयरको बिक्री कार्य छिटोमा यही असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुनेछ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया