बेजोसलाई उछिन्दै ब्रान्सनले ११ जुलाईमै अन्तरिक्ष यात्रा गर्ने
अमेरिका ।
सर रिचार्ड ब्रान्सनले जुलाई ११ मा आफूले अन्तरिक्ष याात्रा गर्नलागेको खुलासा गरेका छन् । उनले कि ११ जुलाईमा कि भने त्यसलगत्तै केही दिनमा अन्तरिक्ष यात्रा गर्ने बताएको बीबीसीले जनाएका छन् ।
युनिटी रकेट प्लेनको पछाडिपट्टि यात्रुका रुपमा रहनेछन् । उनको भर्जिन गालाक्टिक कम्पनीले अमेरिकामा रकेटका महत्वपूर्ण पार्टपुर्जा विकास गरेको लगभग दुई दशक नाघिसकेको छ । उक्त यानले ९० किमि उचाइसम्म जानसक्छ । उक्त उचाइमा पुग्दा यसका यात्रीले तौल कम भएको केही मिनेट अनुभव गर्नेछन् । साथै त्यहाँबाट पृथ्वीको गोलाकार दृश्य देख्न पाइनेछ । सर रिचार्डको चाहना व्यावसायिक अन्तरिक्ष उडान सेवा दिन चाहन्छन् । छ सयजति व्यक्तिले यात्राको लागि चाहना देखाइसकेका छन् ।
यो यात्रामा जान चाहनेले साढे दुई लाख ५० हजार अमेरिकी डलरसम्म तिर्नुपर्ने हुनसक्ने बताइएको छ । गत हप्ता फेडेरल एभिएसन प्रशासनबाट व्यावसायिक अन्तरिक्ष उडानको अनुमति पाएको थियो ।
११ जुलाईमा मौसमले साथ दिए र योजनाअनुसार काम भए द गालाक्टिक टिमले महत्वपूर्ण सफलता हात लाग्नेछ । त्यतिमात्र नभई अर्बपति जेफ बेजोसलाई पनि ब्रान्सनले अन्तरिक्ष उडानमा पछि पार्नेछन् । बेजोस पनि जुलाई २० मा अन्तरिक्ष यात्रामा निस्किने तयारीमा छन् । बेजोस तीन जना अरुलाई साथ लिएर उडानमा निस्किनलागेका हुन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया