सामसङका एआई इनेबल्डका लन्ड्री केयर वासिङ मेसिन बजारमा
काठमाडौं ।
इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले पहिलो पटक एआई प्रविधियुक्त वासिङ मेसिन बजारमा ल्याएको छ । एआई प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड बासिङ मेसिनमा इकोबबल टीएम प्रविधिको संयोजन गरिएको छ, जसले गर्दा कपडालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्दछ ।
कम्पनीका अनुसार गुणस्तरीय धुलाइको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको छ, यस प्रविधिले ९९ दशमलव ९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जीहरु हटाउन सक्छ । यी नयाँ मोडेलका वासिङ्ग मेसिनले प्रयोगकर्ताहरुको लुगा धुने व्यवहारलाई बुझेर सबैभन्दा भरपर्दो वासिङ्ग साइकलको विकल्प प्रदान गर्दछ । जब सामसङ स्मार्टथिंग्स एपको माध्यमबाट कनेक्टेड भइन्छ, त्यस पछि यसले २.८ मिलियन डाटा वाइन्टहरुमार्फत स्मार्ट लन्ड्री रिसिप सोलुसनको माध्यमबाट उत्कृष्ट विकल्प प्रदान गर्दछ ।
सामसङले कस्टोमाइज गरिएको आर्टिफिसियल इन्टेलिजेन्सयुक्त लुगा धुने मेसिनहरु तीन विभिन्न भेरिएन्टहरुमा उपलब्ध गरेका छन् । यसमा ग्राहकले आफूअनुकूल कस्टोमाइज लन्ड्री प्रोसेस तय गर्नसक्ने कम्पनीको भनाइ छ । नयाँ सामसङ वासिङ्ग मेसिन नयाँ डिजाइनको साथ जग डायल कन्ट्रोलयुक्त युजर फ्रेन्ड्ली स्लिक डिजिटल इन्टरफेसको साथ उपलब्ध रहेको छ । यसमा लन्ड्री प्लानरजस्तो सुविधा राखिएको छ, जसले लुगाको रंग, प्रकार तथा ग्राहकले निर्धारण गरेको डिग्री अफ सोइलिङ्गको आधारमा लन्ड्री रेसिपीअनुसार उत्कृष्ट लुगा धुने समय स्वतः निर्धारण गर्दछ । यसमा भएको होम केयर विजार्डले सम्भाव्य समस्या तथा शीघ्र रुपमा ट्रबल सुटिङ्ग गर्न मद्दत गर्दछ ।
नयाँ एआई इनेबल्ड लन्ड्री वासिङ्ग मेसिनहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारअन्तर्गत रहेका रिटेल पार्टनरहरुमार्फत सहजै खरिद गर्न उपलब्ध रहेका छन् । यी वासिङ्ग मेसिनहरु एक लाख नौ हजार नौ सय ९० रुपैयाँदेखि उपलब्ध रहेका छन् । यस नयाँ एआई इनेबल्ड वासिङ्ग मेसिनहरु ८/६ केजी र १२/८ केजीको वासर ड्रायरको साथै १२ केजी वासर टाइप वासिङ मेसिनको भेरिएन्टहरुमा उपलब्ध छन् । हिम इलेक्ट्रोनिक्सअन्तर्गत रहेका सामसङ स्मार्ट प्लाजामार्पmत १५ प्रतिशतसम्मको क्यासब्याक तथा सहज किस्ताबन्दीमा खरिद गर्न पनि सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया