एनएमबी बैंक र समाज कल्याण परिषद्बीच विद्युतीय माध्यमबाट भुक्तानीको लागि सहकार्य
काठमाडौं । कोभिड १९ को विश्वव्यापी महामारीको रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि भौतिक दूरी र सुरक्षाको मापदण्ड अपनाउँदै एनएमबी बैंक र समाज कल्याण परिषद्बीच डिजिटल भुक्तानीको लागि द्विपक्षीय समझदारी भएको छ ।
समाज कल्याण परिषद्मा आबद्ध भएका नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र सबै सदस्यहरूले समाज कल्याण परिषद्लाई तिर्नुपर्ने सम्पूर्ण भुक्तानीहरू विद्युतीय प्रणाली (अनलाइन) मार्फत गर्नसकिने व्यवस्था मिलाइएको जानकारी गराइएको छ ।
कार्यक्रममा भृकुटीमण्डप सञ्चालन कार्यालयका कार्यालय प्रमुख रामराज भट्टराईले समाज कल्याण परिषद्ले अनलाइन भुक्तानीकार्य सुरु गरेकोमा खुशी व्यक्त गर्दै एनएमबी बैंकलाई धन्यवाद ज्ञापन गरे । साथै एनएमबी बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले पनि नगदसहितबाट नगदरहित समाज निर्माणतर्फ उन्मुख हुन तथा आफ्ना मूल्यवान् ग्राहकलाई डिजिटल भुक्तानीमा अभिप्रेरित गर्न होस्टेमा हैँसे गर्ने प्रयास रहेको कुरा प्रकाश पारे ।
कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदम प्रसाद खतिवडा, सदस्य सचिव पुष्कर खाती, प्रशासन प्रमुख सञ्जय कुमार मल्लिकले पनि अनलाइन भुक्तानी सम्बन्धमा महत्व र फाइदाहरूको विषयमा मन्तव्य दिएका थिए ।
समाज कल्याण परिषद्अन्तर्गत आबद्ध भएका भृकुटीमण्डप परिसरभित्रका दुई हजार सदस्यहरूलगायत ५० हजारभन्दा बढी एनजीओ र दुई सयभन्दा बढी आईएनजीओले उक्त भुक्तानी प्रणालीबाट लाभान्वित हुने विश्वास लिइएको छ । बैंकले हाल देशभरि एक सय ८१ शाखा, एक सय ३७ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया