अमेरिका र यसका मित्रराष्ट्रले आफूमाथि माइक्रोसफ्टमा हृयाकिङको बनावटी आरोप लगाए
बेइजिड. । चीनले अमेरिकी कम्पनी माइक्रोसफ्ट ह्याकिङमा बेइजिङलाई मुछेको भन्दै अमेरिका र यसका मित्रराष्ट्रले बनावटी आरोप लगाएको बताएको छ । अमेरिकासहित पश्चिमा राष्ट्रले सोमबार माइक्रोासफ्ट एक्सचेन्जमा भएको ह्याकिङमा चीनको संलग्नता रहेको आरोप लगाएका थिए ।
माइक्रोसफ्ट एक्सचेन्ज कम्पनीहरुले विश्वव्यापी रुपमा इमेल प्लेटफर्मका रुपमा प्रयोग गर्दै आएका छन् । पछिल्लो ह्याकिङले विश्व सुरक्षामा चुनौती थपेको ती देशहरुले आरोप लगाएका छन् । चीनले भने सबैखाले साइबर अपराधको विपक्षमा रहेको भन्दै उक्त आरोपलाई बनिबनाउको संज्ञा दिएको छ ।
‘अमेरिकाले आफ्ना पक्षराष्ट्रलाई साइबर सुरक्षाको मुद्दामा अकारण चीनको आलोचना गर्न उक्साइरहेको छ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा भने । बेलायत, युरोपेली संघ, न्युजिल्यान्ड र अस्ट्रेलियाले अमेरिकाकै पक्ष लिई चीनमाथि राज्यसमर्थित मालिसिअस साइबर एक्टिभिटीमा संलग्न ह्याकरको आरोप लगाएका थिए । उनीहरुले माइक्रोसफ्ट ह्याकिङमा समेत चिनियाँ राज्यसमर्थित ह्याकरको संलग्नता रहेको दाबी गरेका छन् ।
माइक्रोसफ्टको एक्सचेन्ज प्रणालीमा ह्याक हुँदा ३० हजार संघ/संस्था प्रभावित भएको बताइएको छ । माइक्रोसफ्टले चीनमाथि ठाडो आरोप लगाएको छ । हाफनियम नामक समूहमाथि माइक्रोसफ्टको आरोप छ । कम्पनीको थ्रेट इन्टेलिजेन्स सेन्टरले चीनसमर्थित यही समूहले चीनबाहिर रहेर साइबर आक्रमण गरेको दाबी गरेको छ ।
बेलायतले चीनलाई पहिल्यैदेखि यस्तो कार्य नगर्न बताउँदै आए पनि बेवास्ता गरेको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने चीन सरकार आफैँ यसमा संलग्न नभए पनि त्यस्ता आक्रमणकारीलाई संरक्षकत्व प्रदान गरिरहेको दाबी गरेका छन् । अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले चिनियाँ गृह सुरक्षा मन्त्रालयसँग सम्बन्धित चार ह्याकरविरुद्ध आपराधिक मुद्दा अघि बढाएको सोमबार जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
- ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता
- आइएमई लाइफको खुद मुनाफा ३३ करोड नाघ्यो
- बागमती सिँचाइ आयोजना ब्यारेजको तीन दशकपछि जीर्णाेद्धार
- गोर्खाज फाइनान्सका अध्यक्षको सपथ
- सन नेपाल लाइफको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
- समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट
- सेल्सवेरीका नयाँ दुई शाखा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया