मुद्दा पर्दैमा कोही पनि अपराधी हुँदैन, आरोपी मात्र हुन्छ । त्यस्ता आरोपीहरू कुनै पदमा नियुक्त हुनु मनासिव हुन्छ कि हँदैन भन्ने कुराको राज्यसत्ता सञ्चालनमा रहेका व्यक्तिहरूले गम्भीररूपमा चिन्तन मनन गरेर निर्णय लिनु राम्रो हुन्छ । सभामुख पदमा निर्विरोध भएका अग्नीप्रसाद सापकोटाविरुद्धको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । त्यो मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहिरहनु उहाँको दोष हो कि बेलैमा फैसाला नगर्ने अदालतको दोष हो भन्ने कुरामध्ये एउटा निष्कर्षमा पुग्नुपर्ने अवस्था छ ।
यस्तै अवस्था मन्त्री पार्वत गुरुङको पनि छ । मुद्दा अदालतमा छ तर हालैको पुनर्गठनमा उहाँ मन्त्री नियुक्त भएका छन् । यी उदाहरण मात्रै हुन् । यस्ता अरु धेरै घटना होलान्, केही बाहिर नै नआएका पनि होलान् । जेलबाट छुटेर सभासदको सपथ ग्रहण गरेको मात्र होइन, सपथग्रहण गरेर जेल गएका घटना पनि ताजा नै छन् ।
कृष्णबहादुर महरा सभामुख हुँदा नै यौन दुराचारको आरोपमा फसे । तर, हाम्रो राजनीतिक नेतृत्वमा रहेका कैयन व्यक्तिका त्यस्ता घटना जनमानसमा दर्ता भएका छन् । तर, अड्डा अदालतमा पुगेका छैनन् । जनताका नजरमा उनीहरू पनि महराजस्तै हुन् । तर, औपचारिकरूपमा कहीँ उजुरबाजुर भएको छैन, त्यही कारण चुपचाप छन् । तर, घटना भएका छन् ।
यहाँको समस्या भनेको दोषी को हो, को होइन भनेर छुट्याउनेले बेलैमा किन छुट्ट्याइदिँदैन भन्ने नै हो । यस्ता मुद्दाको फायल पालेर राखिनुको कारण पनि खुलास्त हुन सकेको छैन । त्यही कारण मुद्दा अदालतमा, नेता पदमा हुन पुगेको छ । अदालतले फैसला नगर्दै कसैलाई दोषी करार गर्नु हुँदैन । त्यस्तो गर्ने दुस्प्रयास भएमा त्यो कसरी भयो र आइन्दा त्यस्तो हुुन नदिन के गर्नु पर्ने हो भन्ने बारेमा नेतृत्वले सोचेर निर्णय लिन ढिलाइ गर्नु हुँदैन ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया