सञ्चार उद्यमीदेखि साहिल र सुलभ अग्रवाल समेतको दर्जनौं कम्पनीको नाउँमा अर्बौं रुपैयाँ सेयर
यी हुन् ‘हिमालयन रि’का १०५ लगानीकर्ता
काठमाडौं । नियमनकारी निकाय बीमा समितिबाट अनुुमतिप्राप्त कारोबार सुरु गर्नुअघि नै निकै विवादमा तानिएको नेपालको दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रिमा लगानी गर्ने लगानीकर्ताहरूमा केही सञ्चार उद्यमीहरू समेत रहेको देखिएको छ । उच्च स्रोतका अनुसार हिमालयन रिमा देशकै नामुद एक मिडियाले पनि १० करोड रुपैयाँको गोल्डेन सेयर लिएको पाइएको छ ।
कुल सात अर्ब १८ करोडको संस्थापक सेयरमध्ये एक अर्ब रुपैयाँ दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ५०/५० करोड रुपैयाँका दरले सेयर लगानी गरेका छन् । उनीहरूको लगानीबाहेक छ अर्ब १८ करोड रुपैयाँमध्ये केहीलाई गोल्डेन सेयर त केहीलाई नजरानाबापत दिइएको सेयरबाहेक बाँकी सेयरमा भ्रष्टाचार भएको हो । करिब छ अर्ब रुपैयाँबराबरको ६ करोड कित्ता सेयरमा व्यक्ति अनुसार २५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म रकम असुल गरी बाँडचुँड गरिएको स्रोतको दाबी छ । स्रोतका अनुसार हिमालयन रि नामक पुनर्बीमा कम्पनी दर्ता गर्दा तीन अर्बभन्दा बढी अवैध रुपमा रकम संकलन गरिएको र सो रकम भूतपूर्व अर्थमन्त्री विष्णु पौडेल, प्रमका आर्थिक सल्लाहकार मोतिलाल दुगड, अर्थसचिव शिशिर कुमार ढुंगाना, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बाँडचुँड गरेका छन् ।
हिमालयन रिमा मुख्य लगानीकर्ताहरूको रुपमा भने साहिल अग्रवाल र सुलभ अग्रवाल छन् । यी दुई व्यक्तिहरूको दर्र्जनौँ कम्पनीहरूको नाउँमा अर्बौँ रुपैयाँबराबरको करोडौँ कित्ता सेयर देखिएको छ । जसअन्तर्गत शाहिल अग्रवालले आफ्नो उज्जीवन मर्चेन्ट प्रालिको नाउँमा १० लाख कित्ता, एकार्ड क्यापफिन प्रालिको नाउँमा १३ लाख ५० हजार कित्ता, कालिका फिनकोर्प प्रालिको नाउँमा १३ लाख ५० हजार कित्ता, जगदम्बा स्टिल प्रालिको नाउँमा २२ लाख कित्ता र जगदम्बा मोटर्स प्रालिको नाउँमा ३२ लाख कित्ता समेत गरी कुल ९१ लाख कित्ता सेयर लगानी गरेका छन् ।
यसैगरी सुलभ अग्रवालको नाउँमा रहेको एमवर प्रोभेप्टमेन्ट प्रालिको नाउँमा ३० लाख ६० हजार कित्ता र कामाख्या फिनकोर्ष प्रालिको नाउँमा नौ लाख कित्ता समेत गरी कुुल ३९ लाख ६० हजार कित्ता सेयर लगानी गरेको छ । यसैगरी दिपक भट्टको इन्फिनिटी होल्डिङ प्रालिको नाउँमा पनि ४५ लाख कित्ता संस्थापक सेयर लगानी रहेको छ । यीसहितका एक सय पाँच जना व्यक्ति तथा कम्पनीहरूको नाउँमा मात्र हिमालयन रि सात करोड १८ लाख कित्ता संस्थापक सेयर रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया