चीनले अनलाइन खेललाई विद्युतीय लागूऔषध भनेपछि सेयरमा गिरावट
बेइजिङ । चीनले अनलाइन गेमहरुलाई विद्युतीय लागूऔषधको दर्जा दिएपछि दुई ठूला चिनियाँ अनलाइन गेमिङ कम्पनीको सेयर मूल्य ह्वात्तै घटेको छ । बीबीसीका अनुसार टेन्सेन्ट र नेटएसको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले घटेको हो । हङकङको सेयरबजारमा पछि केही सुधार भने आएको बताइएको छ । लगानीकर्ताहरु बेइजिङले कम्पनीहरुमाथि थालेको कडाइप्रति चिन्तित देखिएको यसले देखाएको छ ।
बितेका केही महिनामा चिनियाँ सरकारी अधिकारीले शृंखलाबद्ध रुपमा प्रविधि र निजी शैक्षिक कम्पनीहरुमाथि कडा नीति अख्तियार गर्दै आएका छन् । सरकारी पत्रिका इकोनोमिक इन्फरमेसन डेलीले एउटा आर्टिकलमा किशोरकिशोरीहरु अनलाइन गेमिङको लतमा फसेको उल्लेख गरेको छ । यसले उनीहरुमा नकारात्मक असर पुगेको त्यसमा उल्लेख गरिएको छ ।
उक्त पत्रिका चिनियाँ आधिकारिक सञ्चार संस्था सिन्ह्वासँग आबद्ध रहेको छ । उक्त आर्टिकलमा टेन्सेन्को प्रसिद्ध गेम अनर अफ किंग्स विद्यार्थीहरुले दिनको आठ घण्टासम्म खेल्ने गरेको उल्लेख गरेको छ । त्यसमा टेन्सेन्टलाई बढी नियन्त्रित गर्नुपर्ने औँल्याइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया