Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘कामको त कुनै भूगोल नहुँदोरहेछ’

‘कामको त कुनै भूगोल नहुँदोरहेछ’


काठमाडौं । ‘देश त हामी मान्छेले बनाएको सिमानाका कारण मात्र छुट्टिएको त हो, जहाँ गए पनि भूगोल त एउटै हो, धरती त एउटै हो । माटो एउटै हो, हावापानी एउटै, चराचुुरुङ्गी सबै एउटै त हुन् । फरक त केवल, बोलिचाली, भाषा, संस्कृति र मानवीय रहनसहन त हो । तर हामी मानिस विश्वको जुनसुकै कुनामा गए पनि आखिर काम अर्थात् भनौँ कर्म नै गर्ने त हो । मैले नेपालमा हुुँदा पनि तपाईंहरू धेरैको कपाल काटेँ । यहीबीचमा अमेरिकाको डीभी प¥यो । अमेरिका गएँ, त्यहाँ पनि कपाल नै काटिरहेको छु, एउटा हेयर ड्रेसरको रूपमा ।’

‘भाषा फरक होला, संस्कृति फरक होला, तर भूगोल जहाँको भए पनि मेरा ग्राहक भनेका भगवान् हुन्, मैले भगवान्को सेवा गरिरहेको छु, कर्म गरिरहेको छु ।’, यसो भनिरहँदा उमरेले झण्डै ४० काटेका हेयर ड्रेसर सुरेन्द्र ठाकुरको आँखामा देश छोड्नुपर्दाको केही पीडा छचल्कीएको देखिन्थो । कुनै समय ललितपुरको कुमारीपाटीमा रहेको सुपर कट, काठमाडौँको सिभिल मलमा रहेको सुपर कट हेयर सैलुनमा कैची चलाउने यी हातहरू अहिले अमेरिका पुगेका छन् । ‘त्यहाँ पनि मैले कैँची नै चलाइरहेको छु ।

हातमा सीप भएको खण्डमा तपाइँ विश्वको जुनसुुकै कुनामा जानुहोस् खाली बस्नु पर्दैन, ठाकुर भन्छन् । तर यसको लागि कामप्रति इमान्दार र लगनशील हुुनैपर्छ । मैले मेरो आफ्नो कामको कुरा गर्दा मैले जुन काम गर्छु, त्यसबाट ग्राहक सन्तुष्ट हुनुभएन भने सायद मेरो कामको कुनै अर्थ रहँदैन । म विगतमा नेपालमा थिएँ, अहिले अमेरिकामा छु, केही समय मात्र पारिवारिक भेटघाटको लागि नेपाल आएको हुुँ । यदि मैले मेरा ग्राहकहरूलाई आफ्नो सेवामार्फत सन्तुष्ट पार्न नसकेको भए मैले यो क्षेत्रबाट धेरै पहिला नै हात धोइसकेको हुनेथिएँ’, ठाकुर भन्छन् ।

‘मेरो भोगाइ हो, अनुभव हो । कामलाई सम्मान गर्नुहोस्, कहिले पनि खाली नबस्नुहोस्, काम कहिले पनि सानोठूलो हुुँदैन, कामलाई सम्मान गर्नुहोस् । तपाईंको जीवन सहज हुनेछ’, उनी भन्छन्, ‘म अमेरिकामा पनि कपाल काट्छुु । थोरै दिनको लागि पारिवारिक भेटघाटको लागि नेपाल आएँ, आफ्ना पुराना ग्राहकहरूसँग भेट भयो, उहाँहरूको कपाल काटिरहेको छु, त्यसकारण कामको कुनै सीमा हुँदैन, भूगोल हुुँदैन, काम गर्नुहोस्, मिहिनेत गर्नुहोस ठाकुर भन्छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x