तिलोत्तमा महोत्सवमा उत्साहजनक सहभागिता
पोसकान्त पोखरेल
बुटवल, माघ १२
‘तिलोत्तमा लगानी, समृद्धिको सुनौलो बिहानी’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एव पर्यटन प्रवर्द्धन महोत्सव–२०७६ शुक्रबारबाट सुरु भएको छ । मेलामा उत्साहजनक रुपमा सहभागिता बढ्दै गएको आयोजकले बताएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीको मुख्य आयोजनामा तिलोत्तमा नगरपालिकाको मणिग्राममा सञ्चालन भएको भएको उक्त महोत्सवमा भएका विभिन्न आकर्षणहरुले महोत्सवमा उत्साहजनक रुपमा सहभागिता बढाएको मेला मूल आयोजक समिति संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी (माधव)ले जानकारी दिए ।
संयोजक भण्डारीका अनुसार तीन सय विभिन्न प्रकृतिका स्टलहरु, पाँच लाखभन्दा बढी दर्शकलाई मेला अवलोकन गराएर १५ करोड रुपैयाँ कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा प्रत्येक विभिन्न जातजातिका मौलिक कला संस्कृतिक जगेर्ना गर्ने र कलाकारहरुको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले तिलोत्तमा लोकतारा, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, तिलोत्तमा डान्स आईडल, श्रीमान् श्रीमती जोडी नृत्यलगायतका प्रतियोगिता तथा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिनेछ । महोत्सवमा सेल्फीजोन, मत्स्य ह्याचरी, पुरातात्विक महत्वका सामग्रीहरु अर्थात् दुई/तीन अगाडिको पुस्ताहरुले प्रयोग गर्ने घरायसी सामग्रीहरु, अर्गानिक उत्पादनहरु, परम्परागत खेती प्रणालीअन्तर्गत गोरुले उखु पेलेका दृश्यहरु, बालउद्यानलगायतका स्टलहरु धेरैको आकर्षणको केन्द्र बनेको महोत्सव आयोजना समितिका प्रेस सल्लाहकार खिमानन्द भट्टराईले जानकारी दिए ।
नयाँ अनुभव र मेला आयोजना गर्न संस्थालाई आर्थिक समस्या परिरहेको अवस्थामा यस क्षेत्रका विभिन्न उद्योगी व्यवसायी तथा संघ/संस्थाहरुले मुख्य प्रायोजन, सहप्रायोजन, गेट निर्माण, टिकट तथा अन्य विविध शीर्षकहरुमा प्रायोजन गरी सहयोग गरेका कारण मेला व्यवस्थापनमा धेरै सहजता भएको मेला आयोजक समितिका आर्थिक संयोजक तथा कोषाध्यक्ष सुरज पंगेनीले बताए । मेला महोत्सवमार्फत खेल क्षेत्रको विकासमा टेवा पु-याउने उद्देश्यले प्रदर्शनी स्थलभित्र अन्तस्र्कुल, कलेज फाइभ ए साइड फुटबल प्रतियोगिता आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
शुक्रबारदेखि सुरु भएको महोत्सवको दोस्रो दिन शनिबारदेखि सांस्कृतिक कार्यक्रमहरु सञ्चालन भएका छन् । जसअन्तर्गत फाइनल राउण्डमा छनोट भएका उत्कृष्ट दश प्रतियोगीहरुबीच एक्स्पर्ट तिलोत्तमा लोकताराका लागि प्रतियोगिता सुरु भएको छ । एक्सपर्ट एजुकेसनले प्रायोजन गरेको तिलोत्तमा लोकताराका लागि निर्णायकहरुको ५०, टिकटको आधारमा ४०, युट्युबको आधारमा १० अंक गरी उत्कृष्ट तिलोत्तमा लोकताराको छनोट गरिनेछ । प्रथम हुनेलाई ४१ हजार रुपैयाँ, द्वितीय हुनेलाई २५ हजार रुपैयाँ, तृतीय हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया