एनएमबी लघुवित्तको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा
काठमाडौं, माघ १२
एनएमबि लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चार करोड ९० लाख रुपैया खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा एक करोड तीन लाख रुपैयाँ मात्र खुद नाफा कमाएको संस्थाले चालू आर्थिक वर्षको सोही अवधिमा तीन करोड ८७ लाख रुपैयाँले बढाएको हो । लघुवित्तको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा पुगेको छ । जुन आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ३३ रुपैयाँ ८६ पैसाले वृद्धि भएको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालननाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको हो । यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने चार करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा लघुवित्तले एक अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन र दुई अर्ब ४७ करोड रुपैयाँबराबरको सापटीमार्फत तीन अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
संस्थाको चुक्ता पुँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष नौ करोड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । एनएमबि बैंकको आठ करोड २६ लाख रुपैयाँ लगानी रहेको संस्थाले यस अवधिमा खराब कर्जा दुई दशमलव ८९ प्रतिशतबाट दुई दशमलव ८२ प्रतिशतमा झार्न सफल भएको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ एक सय ८३ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १७ दशमलव १७ गुणा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया