काठमाडौं । नेशनल बक्स अफिस तीज अवार्ड २०७८ भव्य रुपमा वितरण सम्पन्न भएको छ । बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा आर्थिक वर्ष २०७७/०७८ मा रेकर्डिङ भई भिडियो निर्माण गरी सार्वजनिक भएका तीज गीत संगीतलाई समेट्दै कुल ४१ विधामा अवार्ड वितरण गरेको छ ।
चलचित्र विकास बोर्डमा गत बुधबार आयोजित नेशनल बक्स अफिस तीज म्युजिक अवार्ड २०७८ मा वर्षको तीज नारी सम्मानमा नायिका करिश्मा मानन्धर, दिपाश्री निरौला, पुरुष कलाकारतर्फ तीज म्युजिक भिडियो सम्झिने पानी छम्किनेबाट अभिनेता भुवन केसीलाई सम्मानित गरिएको थियो । त्यसैगरी वर्षको उत्कृष्ट तीज भिडियोको चरित्र अभिनेतामा वरिष्ठ कलाकार रामचन्द्र अधिकारी र वरिष्ट अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको थियो । यस्तै वर्षको सर्वोत्कृष्ट मोडलमा करिश्मा ढकाल र रामजी खाँडले अवार्ड जिते भने उत्कृष्ट तीज गीत गायिकामा सर्मिला गुरुङ, उत्कृष्ट तीज म्युजिक भिडियो निर्देशनमा वरिष्ठ नृत्य निर्देशक गोविन्द राईले अवार्ड जितेका थिए । उत्कृष्ट तीज गीत भने चरी जेलैमा भएको थियो ।
अवार्डमा देश विदेशमा रेकर्डिङ तथा भिडियो भई सार्वजनिक भएका एक सय ४३ वटा तीज म्युजिक भिडियोको आवेदन परेको थियो । वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ नृत्य निर्देशक कमल राई, संगीतकार दिपक रमण र दिनेश पाख्रिन जुरी रहेको अवार्ड वितरण कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अवार्ड वितरण गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया