मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थाहरूलाई सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्था, व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ । सोही क्रममा बैंकले भदौ महिनामा मात्र पाँच विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यहरूमा सहयोग गरेको छ । बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी‘ फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रुपैयाँ रकम मिडिया इन्टरनेसनल प्रालिलाई सहयोग गरेको छ ।
यसैगरी कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राहीहरू बस्ने प्रतीक्षालयहरूमा आराम कुर्र्सीहरूको अभाव भएको हँुदा बैंकले तीन थान तीन सिटरको फलामको कुर्सी मालपोत कार्यालय–कास्कीलाई हस्तान्तरण गरेको जानकारी दिएको छ । यसका साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पु¥याउनका निमित्त रेस्ट फाउन्डेसनअन्तर्गत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकाका लागि चाहिने किताबको दराजको निमार्ण गर्न हेतु ४० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिएको छ ।
यसैगरी, बैंकले भैँसेपाटीस्थित प्रगति युवा कल्बद्वारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रमले विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भए पनि सहयोग हुने अपेक्षा बैंकले गरेको छ । यसका साथै बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकाश बरालको मिर्गौला प्रत्यारोपणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिएको छ । यो सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपतिको विद्युत् शवदाह साउन १ गतेदेखि नि:शुल्क
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया