Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा झण्डै डेढ लाख कार फिर्ता गर्दै बीएमडब्लु

चीनमा झण्डै डेढ लाख कार फिर्ता गर्दै बीएमडब्लु


बेइजिङ । बीएमडब्लु (चाइना) अटोमोटिभ ट्रेडिङ लिमिटेडले झण्डै डेढ लाख कारहरु फिर्ता गर्ने भएको छ । इन्धन चुहावटको समस्या देखिएपछि आयात गरिएका एक लाख ४२ हजार सात सय ५४ कारहरु फिर्ता गर्न लागेको सिन्ह्वाले जनाएको छ ।

चिनियाँ बजार नियामकीय संस्थाले अनुसन्धानको क्रममा उक्त कमजोरी पत्ता लागेपछि कम्पनीले कार फिर्ता गरेको बताइएको छ । फिर्ता गरिएका कारहरुमा ११६आई, ११८आई, १२०आई, १२५आई, २१८आई, २२०आई, ३२०आई, २२५आई, ३२८आई, ३३०आई, ३४०आई, ४२०आई, ४२८आई, ४३०आई, ४३५आई, ४४०आई, ४४०आई, एम१३५आई, एम२, एम२३५आई, एम३, एम४ र एक्टिभ हाइब्रिड ३ कारहरु रहेका छन् । यी कारहरु सन् २०११ सेप्टेम्बर ७ देखि २०१६ अप्रिल ३० सम्म बनेको स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसनले जनाएको छ ।

अनुसन्धाताहरुका अनुसार इन्धन ट्यांकको डिजाइन र म्यानुफ्याक्चरिङमा कमजोरी हुँदा इन्धन चुहावटको समस्या आउँछ । खासगरी जब इन्धन पूरा भरिन्छ तब समस्याग्रस्त ट्यांकीबाट इन्धन चुहिने उनीहरुको भनाइ छ । यसले सुरक्षा जोखिम बढाउने नियामकीय निकायको भनाइ छ । यीमध्ये अहिले तीन श्रेणीका कार फिर्ताको क्रम सुरु भएको बताइएको छ । अरु कार फिर्ता भने अक्टोबर २९ बाट सुरु हुनेछ ।

फिर्ता गरिएका कारहरुको परीक्षण गर्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ती कारहरुको इन्धन ट्यांकको कम दबाब परीक्षण गरी समस्यायुक्त पार्टपुर्जा निःशुल्क साटिदिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया