नयाँ दिल्ली । भारतले अफ्रिकी देशहरुबाट दाल आयात गर्ने भएको छ । घरेलु माग धान्न भारतले मालावी र मोजाम्बिकसँग दाल आयातको सम्झौता भएको विदेश राज्यमन्त्री वी मुरलीधरनले बताएका हुन् ।
यसबाहेक अन्य अफ्रिकी देशबाट पनि दाल आयात गर्ने तयारी भइरहेको उनको भनाइ छ । भारत–अफ्रिका कृषि तथा खाद्य शिखर सम्मेलन २०२१ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अफ्रिकाको लागि भारत चौथो व्यापार साझेदार देश भएको तथा पाँचौँ ठूलो लगानीकर्ता भएको बताए । उनका अनुसार भारतले अफ्रिकामा ७० अर्ब डलर लगानी गरेको छ ।
उनले अप्रिकासँग आर्थिक तथा वाणिज्य सम्बन्ध मजबुत बनाउने पनि बताएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । भारतले घरेलु माग धान्न दाल आयातको लागि थप देशहरुसँग सम्झौताको लागि वार्ता गरिरहेको उनको भनाइ छ । भारत दाल सबैभन्दा बढी उपभोग गर्ने देश हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया