सेञ्चुरी बैंक, आन्तरिक विप्रेशणमा सहज बन्दै
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एप सेञ्चुरी–पेबाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यसअन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको छ । यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकहरूले आन्तरिक विप्रेशण सोझै मोबाइल बैंकिङ एपबाट पठाउन सक्नेछन् ।
आन्तरिक रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिटमार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सकिनेछ । यसका साथै मोबाइल बैंकिङ एपमा रहेको रिसिभ रेमिट्यान्स प्रयोग गरी आन्तरिक विप्रेशण कार्य गर्न सकिनेछ । साथै यस सुविधाअन्तर्गत ग्राहकहरूले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरू र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेन्टमार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । बैंकले काठमाडौँ उपत्यकामा २३ शाखाहरू र सातवटा एक्सटेन्सन काउन्टर र उपत्यकाबाहिर एक सय तीन वटा शाखाहरू र तीनवटा एक्सटेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ गरी जम्मा एक सय ६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया