बेष्ट फाइनान्सको २४औँ वार्षिक साधारणसभा
गाभ्ने र गाभिने निर्णय पारित
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले भदौ ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौँमा भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७६–०७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको जनाइएको छ ।
फाइनान्सको यससाधारण सभाबाट संस्थापक सेयरधनीतर्फको सञ्चालकमा लक्ष्मी श्रेष्ठ, रामचन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण सेयरधनीतर्फको सञ्चालकमा राम श्रेष्ठ र खिमलाल पौड्याल नियुक्त भएका छन् । कमलादी काठमाडौँमा केन्द्रीय कार्यालय रहेको फाइनान्स कम्पनीको चुक्ता पुुँजी ८२ करोड ८९ लाख रूपैयाँ रहेको छ । फाइनान्सले हाल १४ वटा शाखाबाट आफ्ना ग्राहकलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बताइएको छ । फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा आठ करोड २३ लाख ८३ हजार एक सय ५१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा सात करोड ७३ लाख २५ हजार सात सय छ रूपैयाँ रहेको छ ।
चुक्ता पुँजी ८२ करोड ८९ लाख १३ हजार सात सय ८९ रूपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा दुई अर्ब ९६ करोड ३५ लाख ९२ हजार ९४ रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७८ करोड ८२ लाख १७ हजार दुई सय ४३ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ३९ लाख ३६ हजार चार सय २९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १२ दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव सात प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने तीन करोड ५८ लाख २० हजार रूपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले फाइनान्सले दुई अर्ब ४९ करोड ८६ लाख २७ हजार चार सय १६ रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९३ करोड ४३ लाख ६१ हजार दुई सय ३२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड चार लाख ४४ हजार चार सय २५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ९२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया